केराबारी/ नेपाली कांग्रेसका पुर्व सभापति तथा पुर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९७ औ जन्मजयन्तीको अवसरमा नेपाल तरुण दल केराबारीले बृक्षरोपण गरेको छ। तरुण दलले दुर्गा आधारभूत बिद्यालयमा केराबारी ९बिराजेमा बृक्षरोपण गरेको हो।

यस्तै तरुण दल केराबारीले लोकतान्त्रिक आन्दोलनका सर्वोच्च कमाण्डर नेपाली राजनीतिका शिखर पुरुष पुर्व प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोईरालाको ९७ औ जन्मजयन्तीको अवसर पारेर बिभिन्न देशबाट आएर केराबारी गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा बस्ने बिभिन्न ब्यक्तिहरुलाई बुधबार खाजा खुवाएको छ। khana 1

त्रुण दलले स्वयंसेवकसहित त्यहाँ रहेका सम्पुर्णलाई हौसला प्रदान गर्दै खाजा खुवाएको तरुण दल केराबारीका सभापति पप्पु साहले जानकारी दिनुभयो।