इटहरी/ इलाका प्रहरी कार्यालय इटहरीले ४५ वटा चोरी भएका तथा हराएको मोवाईल फेला पारी सम्वन्धित धनिलाई बुझाएको छ। इटहरी प्रहरीले आईतबार सम्बन्धित धनिलाई मोवाईल बुझाएको हो।

Mobile IMG_8474

हराएका तथा चोरी भएका मोवाइल खोजी कै क्रममा आईतबार (आज) बिभिन्न ब्राण्डका करिव दश लाख अढतीस हजार एक सय रुपैँया बराबरका ४५ थान मोवाईल सेटहरु सम्बन्धित मोवाईल धनिहरुलाई बुझाएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले बताउनुभयो।

२०७६साल बैशाखमा इलाका प्रहरी कार्यालय ईटहरीमा सिडिआर शाखा स्थापना भएपछि बिभिन्न मितिमा हराएका तथा चोरी भएको मोबाईलहरुको निबेदन आएपछि सिडिआर शाखाबाट खोजीको क्रममा हालसम्म बिभिन्न ब्राण्डका करिव पचपन्न लाख छयासी हजार पाँचसय बिस रुपैँया बराबरका २३१ वटा मोवाईल सेटहरु सम्बन्धित धनिलाई यसभन्दा अगाडि नै बुझाई सकिएको इप्रका इटहरीले जनाएको छ। Mobile IMG_8476

इटहरीमा CDR सेक्सन शुरु भएसँगै इटहरी प्रहरीले चोरी भएका र हराएका मोवाईल फेला पारे नेपालमा नै सबैभन्दा बढि मोवाईल धनिलाई जिम्मा लगाएको इटहरी प्रहरीको दावी छ। Mobile IMG_8485