मोरङ/ मोरङ प्रहरीले बिराटनगर महानगरपालिका १६ दरैयाबाट लागुऔषधसहित सञ्जय यादवलाई पक्राउ गरेको छ। बिशेष सूचनाको आधारमा प्रहरीले यादवलाई नियन्त्रणमा लिएको हो।

आईतबार बिहान ५ बजे बिराटनगर महानगरपालिका १४ का ४१ बर्षीय यादवलाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

प्रहरीले यादवको साथबाट १०० ML को डाईलक्स डि.सी.३१ बोतल, Spas-TirancanR Plus (स्पास्मोप्रोक्सिवन) १४३ क्याप्सुल, नाईट्राभेट-10- १५० चक्की बरामद गरेको छ।

लागुऔषधसहित पक्राउ परेका यादवको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।