ताप्लेजुङ/ ताप्लेजुङको फुङलिङ नगरपालिका ९ कटहरेमा भएको ट्रक दुर्घटनामा चालकको ज्यान गएको छ। बिराटनगरबाट सानिमा हाइड्रोपावरको सामग्री लिएर ताप्लेजुङ जाँदै गरेको ना ६ ख ८२६२ नम्बरको ट्रक बिहिवार अपरान्ह साढे ४ बजे सो ठाउँमा ब्रेक फेल भई दुर्घटना भएको हो।

दुर्घटनामा घाईते भएका ट्रक चालक बाह्रदशी गाउँपालिका ६ का २९ बर्षीय ज्ञानबहादुर तामाङलाई उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ पठाईएकोमा उपचारको क्रममा बिहिबार बेलुका पौने ६ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लजुङले जनाएको छ।