काठमाडौं/ प्रहरी प्रधान कार्यालयले ८४ डिएसपीको सरुवा गरी ६० जनाको पदस्थापन गरेको छ । सरुवामा उपत्यकाका विभिन्न वृत्त तथा केही जिल्लाका इन्चार्ज फेरिएका छन् ।

बानेश्वर वृत्तमा दक्ष बस्नेत, महाराजगञ्जमा रोशन खड्का, स्वयम्भुमा निरञ्जन भट्ट, मालीगाउँमा खुमलाल भुषालको सरुवा भएको छ। त्यस्तै भोजपुरमा डिएसपी कृष्ण चन्दको सरुवा भएको छ ।

इन्चार्जमा सरुवा हुनेहरुमा गौशला वृत्तमा जितेन्द्र बस्नेत, लमजुङमा गंगा थापा, संखुवासभामा नवराज मल्ल, बैतडीमा नारायण अधिकारी, इप्रका बुटवलमा प्रतितसिंह राठौर, इप्रका टिकापुरमा मदुसुदन न्यौपाने, हुम्लामा सूर्य सुवेदी, इप्रका धरानमा ज्ञानेन्द्र बस्नेत छन् । विवादास्पद डिएसपी शिवबहादुर सिंहलाई इप्रका तुलसीपुरको जिम्मेवारी दिइएको छ। इन्सपेक्टर भर्ना भइसकेपछि स्नातक पास गरेको अभियोगमा उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ।

सरुवा सूचिः