इटहरी/ नेपालमा थप बीसजनामा कोरोना भाईरसको संक्रमण देखिएसँगै संक्रमितको संख्या ५०७ पुगेको छ। मोरङ्ग, कैलाली, डडेल्धुरा, बैतडी र बाँकेका गरेर थप २०जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेश बिफ्रिङमा डा.बिकास देवकोटाले मोरङको रतुवामाई नगरपालिका २ का ४१बर्षीय एकजना पुरुष, कैलालीका १९, २३ र २६ बर्षीय तीनजना पुरुषमा, यसैगरी डडेल्धुराका २८बर्षीय एकजना पुरुषमा, बैतडीको शिवनाथ १का २२बर्षीय एकजना पुरुषमा यस्तै बाँकेको राप्ती सोनारी गाउँपालिकाका एकजना पुरुषमा र बाँकेकै नरैनापुरका १३जना पुरुषहरु गरेर थप २०जनामा संक्रमण पुष्टि भएको हो।

देवकोटाले शक्रबार मात्रै नेपालगञ्जका २१ जना संक्रमण मुक्त भएर घर फर्किएको बताउनुभयो। जसमध्य १२ जना पुरुष र ९जना महिला रहेको र आजसम्ममा संक्रमण मुक्त हुनेहरुको संख्या ७० पुगेको छ।


(प्रस्तुत समाचारमा बिवरण थप गर्ने क्रममा समाचारलाई पहिलो पटक अपडेट गरिएको छ-सम्पादक)