इटहरी/ झापामा ८ जनामा र रुपन्देहीमा एकजनामा गरेर थप नौ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । थप नौ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या ४५३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेश बिफ्रिङमा झापामा १७ बर्षीय, २३बर्षीय, ५२ र ५३ बर्षीय एकएकजना यस्तै १८ बर्षीय २ जना र २० बर्षीय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। झापामा संक्रमण पुष्टि भएका सबैजना कचनकबल गाउँपालिकाका रहेको, यसैगरी रुपन्देहीका २७ बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको प्रवक्ता डा. बिकास देवकोटाले बताउनुभयो।

यसबीच रुपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मिको मदाने गाउँपालिकाका ४१ बर्षीय पुरुषको उपचारका क्रममा निधन भएको र उहाँको निधनसँगै नेपालमा कोरोना भाईरसका कारण ज्यान गुमाउनेको संख्या तीन पुगेको प्रवक्ता डा.देवकोटाले बताउनुभयो।

बिहिबार(आज)मात्र संघीय राजधानी काठमाण्डौको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट ४ जना संक्रमण मुक्त भएर अस्पताल भर्ना भएको नौ दिनमा डिष्चार्ज हुनुभएको छ । यो संख्यासँगै संक्रमण मुक्त हुनेहरुको संख्या ४९ जना पुगेको डा.देवकोटाले बताउनुभयो।