काठमाण्डौ/ शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयले कुनैपनि बिद्यालयले कुनैतहमा नयाँ भर्ना नगर्न नगराउन एवं अनलाइन पठन पाठनको नाममा शुल्क लिने जस्ता कार्य नगर्न नगराउन आग्रह गरेको छ । मन्त्रालयले सोमबार सुचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता दिपक शर्माद्वारा हस्ताक्षरित सुचनामा कोभिङ १९ को संक्रमण रोकथामका लागि लकडाउनको अवस्था रहेको र लामो समयदेखि देशभर बिद्यालयहरू बन्द भएको सन्दर्भमा परीक्षा तथा विद्यार्थी भर्नाको बिषयलाई लिएर उठाइएका बिषयहरुका सन्दर्भमा यस मन्त्रालयको सोमबारको मन्त्रिस्तरीय निर्णय अनुसार हाल सबै बिद्यालयहरुको भर्ना तथा पठनपाठन स्थगित रहेको हुँदा यस सम्बन्धमा नेपाल सरकारबाट अर्को निर्णय नभएसम्म कुनै पनि बिद्यालयले कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना नगर्न, नगराउनका साथै भर्नाका नाममा कुनै किसिमले शुल्क लिने, अनलाइन पठनपाठनको नाममा शुल्क लिने वा बैंक खातामा रकम जम्मा गर्न लगाउने जस्ता काम नगर्न, नगराउन भनेको छ ।

यस्तै कक्षा १० को अन्त्यमा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा ११ तथा १२ का परीक्षाहरु स्थगित रहेको अवस्थामा मन्त्रालयबाट बस्तुस्थितिको सुक्ष्म अध्ययन र परामर्श लिने कार्य जारी रहेको र परीक्षा सञ्चालन सम्बन्धमा हालसम्म कुनै थप वा नयाँ निर्णय नभएको सुचनामा जानकारी गराईएको छ ।

यसैगरी संस्थागत बिद्यालयहरूले माध्यमिक तहसम्मको एक महिनाको शुल्क मध्ये आवास शुल्क बाहेक अन्य सबै प्रकारको शुल्क छुट दिने भनी नेपाल सरकारले गरेको निर्णय कार्यान्वयन गरी अभिभावक तथा स्थानीय तहलाई आवश्यक जानकारी दिन सुचनामा भनिएको छ ।

हेर्नुहोस सुचना :

Press notice