इटहरी/ सुनसरीको इटहरीस्थित डिभिएम ग्लोवल एकेडेमीले अनलाईनबाट कक्षा सञ्चालन शुरु गरेको छ । एकेडेमीले बिहिबार एसइइ दिने तयारीमा रहेका बिद्यार्थीलाई अनलाईनबाट अध्यापन गराएको हो ।

डिभिएम ग्लोवल एकेडेमीले एसइइको तयारीमा रहेका बिद्यार्थीलाई अनलाईनबाट अध्यापन गराएको स्कुलका प्रिन्सिपल डा.बेणुप्रसाद सिटौलाले जानकारी दिनुभयो । प्रिन्सिपल डा.सिटौलाले बिहिबारको कक्षा बिश्वाश सिटौलाले सञ्चालन गरेको भन्दै शुक्रबार अनलाईनबाटै मिटिङ गरेर अर्कोदिन शिक्षक तालिम सञ्चालन गर्ने बताउनुभयो ।

प्रिन्सिपल डा.सिटौलाले लामो समयदेखि लकडाउन जारी रहेको अनि अझै कोरोना भाईरसको प्रकोप कम नभएका कारण लकडाउनको समय लम्बिने संकेत देखिएकोले अनलाईनबाटै भएपनि बिद्यार्थीलाई अध्यापन गराईने बताउनुभयो।

प्रिन्सिपल डा.सिटौलाले बैशाख १० गतेदेखि डिभिएम स्कुलका सबैकक्षाहरु अनलाईनबाटै लिईने योजना रहेको जानकारी दिनुभयो ।