इटहरी/ चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको बिमानबाट नेपाल आएका अर्का ब्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएसँगै नेपालमा कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या ६ पुगेको छ। छैटौं व्यक्ति पनि चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको बिमान क्यूआर ६५२बाट नेपाल आएका हुन्।

कोरोना भाइस संक्रमित ती व्यक्ति कहाँका हुन् र कहाँ उपचाररत छन् भन्नेबारेमा स्वास्थ्य मन्त्रालयले केही बताएको छैन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कार्यरत एक चिकित्सकले पनि पछिल्लो संक्रमित पुष्टि भएका बिरामी टेकुमा भर्ना भएका हुन कि अन्तका हुन थाहा नभएको भन्दै आँफुहरुले खोज्दै गरेको बताएका छन्।

यि ब्यक्तिसँगै क्यूआर ६५२ फ्लाइटबाट नेपाल आएकी काठमाडौंकी १९बर्षीया युवतीमा चैत १० गते र बाग्लुङकी २२ बर्षीया युवतीमा चैत १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो।