इटहरी/ बिश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९को संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनका कारण दैनिक मजदुरी गरेर गुजारा चलाउनेलाई समस्या भएको भन्दै कांगेस केराबारी र तरुण दल केराबारीले राहात वितरण गरेको छ। तरुण दल केराबारीले असहज परिस्थितीमा अफ्ठेरो पर्नेहरुलाई खाद्यान्न बितरण गरेको हो।

कोरोना भाइरसका कारण जारी लकडाउनमा दैनिक जीबन यापनमा समस्या परेको भन्दै दैनिक ज्यालादारी गरिखाने २० परिवारलाई घरघरमा गई एक हप्ता जति पुग्ने चामल, दाल, नुन,तेल, मस्यौरा, साबुन बितरण गरेको तरुण दल केराबारीका सभापति पप्पु साहले पूर्वी खबरलाई बताउनुभयो।

सभापति साहले शुक्रबार नेपाली कांग्रेस केराबारी र नेपाल तरुण दल केराबारीको तर्फबाट शुक्रबार २० परिवारलाई र शनिबार १० परिवारलाई खाद्यान्न बितरण गरेर समस्यालाई केही भएपनि राहत प्रदान गर्ने प्रयास गरेको बताउनुभयो।

यसैबीच बिश्वभरको तथ्यांक हेर्दा कोभिड १९का कारण ज्यान गुमाउनेको संख्या यो समाचार तयार पार्दासम्ममा ३० हजार ८ सय ८८जना पुगेको छ।यस्तै अहिले सम्मको तथ्यांक हेर्दा बिश्वभरमा कोभिड १९बाट संक्रमित हुनेको संख्या ६लाख ६४ हजार १सय ९२ जनामा संक्रमण देखिएको छ भने १ लाख ४२ हजार ३ सय ६४ जना उपचारपछि घर फर्किएका छन्। Covid19ds