इटहरी/ बिश्वभर कोभिड १९ले आतंक मच्चाईरहेको बेला नेपालमा पनि यसको प्रभाव परेको छ। कोभिड १९ बिरुद्द लड्न नेपाल सरकारले सतर्कता अपनाउँदै लकडाउन गरेको छ।

सरकारले लकडाउन गरेका कारण दैनिक पाखुरा चलाएर चुल्हो बाल्नेहरुलाई समस्या हुन थालेपछि त्यस्ता बर्गहरुको बारेमा नेपाली कांग्रेसका युवा नेता तथा नेपाल बिद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य सुर्य राई चिन्तित देखिएका छन्।

राईले गरिव, मजदुर एवं बिपन्न बर्गलाई लक्षित गरेर १ हजार केजी चामल र १ सय केजी दाल दिने बताएका छन्। बिपतको समयमा सबैजना मिलेर बिवतको सामाना गर्नुको बिकल्प नरहेको भन्दै राईले आँफु यस्तो बेलामा चुप लागेर बस्न नसकेको बताएका छन्।

बिहिबार मात्र इटहरीका सामाजिक अभियन्ता एवं नागरीक समाज इटहरीका महासचिव राजु केसीले सडक बालकहरुले लकडाउनका कारण चोर्न बाध्य भएको बिषय सामाजिक सञ्जाल फेसबुकमा उठाएका थिए।

केसीको चिन्ता समाधान हुने भएको छ। इटहरीमा बसोबास गर्ने नेपाली कांग्रेसका युवा नेता तथा नेपाल बिद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य सुर्य राईले लकडाउन अबधीभर इटहरी क्षेत्रका सडक बालबालिकालाई खाना खुवाउने भएका छन ।

सडक तथा होटलहरुमा मागेर खादै आएका सडक बालबालिकाको लकडाउनको कारण रोजिरोटी खोसिएको भन्दै उनीहरुलाई खाना खुवाउन राईले ब्यवस्था गर्ने भएका हुन। सडकमा मागि खानेहरुको पनि रोजिरोटी बन्द भएको भएको भन्दै राईले उनीहरुलाई लकडाउन भर खुवाउने जिम्मा लिएको बताएका छन्।

होटलहरु पनि बन्द भएपछि सडक बालकहरुको अवस्था दर्दनाक भएको भन्दै राईले उनीहरुलाई खानपिनको ब्यवस्थाको आगि आफुले सहयोग गर्ने बताएका छन्। उनले लकडाउनको समयमा गरिव तथा बिपन्नहरुको बिजोक भएको भन्दै सबैलाई सहयोगको लागि अपिल पनि गरेका छन्। Covid19ds