काठमाण्डौ / मुलुक लकडाउन अवधिसम्मका लागि काटिएका आन्तरिक हवाइ सेवाका टिकटको टिकट निःशुल्क फिर्ता गर्न सकिने भएको छ। वायुसेवा कम्पनीहरुले निः शुल्क काटेकै मूलयमा टिकट फिर्ता गर्ने बताएका छन्।

बुद्ध एयरले टिकट रिसेड्युल तथा टिकट फिर्ता लिन सम्बन्धित ट्राभल एजेन्सीमा सम्पर्क राख्न आग्रह गरेको छ। समिट एयरले समेट टिकट फिर्ता वा सार्न सकिने बताएको छ। यति एयरलाइन्सले समेत अवधिको टिकट फिर्ता वा सार्न सकिने बताएको छ।

नेपाल सरकारले साताव्यापी लकडाउन घोषणा गरेसँगै आन्तरिक हवाई उडान पूर्णतया बन्द भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडान एक साताका लागि बन्द गरिएको जानकारी दिएको छ। यसअघि सरकारले लामो दूरीका सवारी साधन मात्र रोक्ने भने पनि हवाइ उडान रोक्ने निर्णय गरेको थिएन।

तर, लकडाउन घोषणापछि भने सबै हवाइ सेवा बन्द भएको हो। वायुसेवा कम्पनीहरुले समेत सार्वजनिक सूचना जारी गर्दै १८ चैतसम्म सबै उडान बन्द भएको जानकारी गराएका छन्। यससँगै काठमाण्डौबाट हुने दैनिक ३ सय आन्तरिक उडान अवतरण ठप्प भएको हो।