काठमाण्डौ / युवा युवतीलाई रक्सि खुवाएर यौन भिडियो बनाएर पैसाको बार्गेनिङ गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रामेछापका श्याम राय र सुरज राय रहेका छन्। उनिहरुले बागबजारको एक गेष्ट हाउसमा युवक र युवतीलाई रक्सि खुवाएको र यौन सम्पर्क गर्न लगाई भिडियो बनाएको प्रहरीले जनाएको छ।

पछि सो भिडियो सामाजिक सञ्जालमा हालिदिने भनी २ लाख ५० हजार रुपैयाँ माग गरेपछि पीडित प्रहरीसमक्ष पुगेका थिए। पक्राउ परेकामाथि आवश्यक कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ।