काठमाण्डौ / ब्राजिलको दक्षिण पूर्वी राज्य साओ पाउलोमा भीषण वर्षासँगै आएको पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ४२ जना पुगेको छ। 

उद्धारकर्मीहरुले जमिनमा माटाेमा पुरिएकाे अवस्थामा एक जना ३७ वर्षीय पुरुषकाे शव भेटिएपछि ज्यान गुमाउनेकाे सङ्ख्या ४२ जना पुगेकाे हाे।  

उद्धारकर्मीका अनुसार पहिरोमा अन्य  ३६ जना हराइरहेका छन्। गुआरुजाको पहाडी इलाकाका पुराना घरहरु वर्षासँगै सुरु भएको पहिरोले बगाएको थियो। 

गएको सातादेखि नै भारी वर्षा भएका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको स्थानीय अधिकारीहरुले बताएका छन्।