काठमाण्डौ / विद्युत् विकास विभागले ३ हजार ४ सय ४४ मेगावाटका १ सय २७ आयोजनाको लाइसेन्स रद्द गरेको छ।

जलविद्युत् आयोजनाको सर्वेक्षण र उत्पादन अनुमति लिएर अगाडि नबढाई लाइसेन्स होल्ड गरेका आयोजनाको अनुमति पत्र रद्द गरिएको हो।

विभागले समयमा नवीकरण नगरेका तथा लाइसेन्स लिएर होल्ड गरेर बसेका १ सय २७ आयोजनाको अनुमतिपत्र रद्द गरेको हो। विद्युत् ऐन २०४९ को दफा ८ को अनुमतिपत्र खारेज गर्न सकिने व्यवस्थालाई प्रयोग गर्दै यी आयोजनाको अनुमति रद्द गरिएको हो।

नियमविपरीत कुनै काम गरेमा र उपदफा २ को १ मा तोकिएको अवधिभित्र अनुमतिपत्र प्राप्त व्यक्तिले आवश्यक सुधार नगरेमा तोकिएको अधिकारीले अनुमतिपत्र खारेज गर्न सक्ने ऐनमा उल्लेख छ।

- यो समाचार राजधानी दैनिकबाट लिइएको हो।