काठमाण्डौ / फेसबुकले आफ्ना प्रयोकर्तालाई पैसा बाढ्ने नीति लिएको छ। फेसबुकले प्रयोगकर्तालाई भ्वाइस रेर्कडिङ्ग गरेबापत पैसा दिने भएको हो। कम्पनीले भ्वाइस रिकग्निशन टेक्नोलोजीलाई सुधार गर्न यस्तो गर्न थालेको हो।

हालै सार्वजनिक एक रिर्पोट अनुसार फेसबुकले भ्वाईस रेकर्डिङ्ग गर्नेहरुलाई अंग्रेजीमा ‘हे र्पोटल’ बोलेपछि फेसबुक फ्रेन्डलिस्टको अगाडीको पहिलो नाम बोल्नु पर्नेछ।

रिर्पोट अनुसार यदि प्रयोगकर्ताले आफ्ना फ्रेन्डहरुको नाम १० पटक लिन सक्दछन भने प्रत्येक स्टेटमेन्टलाई दुईपटक रेर्कड गराउनु पर्नेछ। एक सेट रेर्कडिङ्ग पुरा गरेपछि यूजरले २०० प्वाइन्ट्स पाउने छन्। यद्पी १०,००० प्वाइन्ट्स नपुगी पैसा भने पाइने छैन्।

यसको कारोबार पेपालको माध्यमबाट गरिने छ र रेर्कडको रुपमा यस प्रोग्राममा भाग लिने यूजरलाई पाँच डलर प्रदान गरिने छ। फेसबुकका अनुसार प्रयोगकर्तालाई पाँच सेट रेकर्डिङ्गको मौका प्रदान गरिने छ। रिर्पोटअनुसार फेसबुकले प्रयोगकर्ताबाट प्राप्त भ्वाइस रेकर्डिङ्गलाई कम्पनीको प्रोफाइलसँग कनेक्ट नगरिने बताईएको छ।

पोलिसीको अनुसार कम्पनीले आफ्नो भ्यु प्वाइन्ट्सको एक्टिभिटी फेसबुक वा फेसबुकको अरु प्लेटफर्ममा यूजरहरुको अनुमती बिना शेयर गर्न पाइने छैन। हाल प्रोनाउनशिएशनको यस प्रोग्राम अमेरिकी प्रयोगकर्ताका लागि मात्रै रहेको छ। यसका लागि प्रयोगकर्ताहरुको फ्रेन्डलिस्टमा कमसेकम ७५ जना साथीहरु हुन पर्नेछ।