इटहरी/ इटहरीका स्वर्णिम कार्की र धरानकी निनिमा खेवाङ लिम्बुले “सुनसरी लिटिल प्रिन्स एण्ड एञ्जल–२०७६” को उपाधि जितेका छन्। एल एण्ड सि मोडल एजेन्सीको आयोजनामा भएको सो कार्यक्रमको प्रिन्स तर्फ इटहरीका कार्कीले र एञ्जल तर्फ धरानकी लिम्बुले बिजेताको ताज पहिरिएका हुन्। 20-1536x864

यस्तै प्रिन्स तर्फ अतुल गौतम फस्र्ट रनरअप र प्रनबमान स्थापित सेकेन्ड रनरअप भएका छन्। इटहरीस्थित उद्योग बाणिज्य संघको सभाहलमा शनिबार भएको कार्यक्रमको एञ्जल तर्फ सिजासु भण्डारी फस्र्ट रनरअप र समता बिश्वकर्मा सेकेन्ड रनरअप भएका छन्। 14-1536x864

बिजेता प्रिन्स एण्ड एञ्जललाई नगद २५/२५ हजार, ट्रफी, प्रमाणपत्र र अन्य उपहार, फस्र्ट रनरअप प्रिन्स एण्ड एञ्जललाई नगद १५/१५ हजार र अन्य उपहार सँगै सेकेण्ड रनरअप प्रिन्स एण्ड एञ्जललाई नगद १०/१० हजार र अन्य उपहार प्रदान गरिएको छ।

कार्यक्रममा एञ्जलतर्फ सव–टाईटल मध्ये महत्वपूर्ण टाईटल मल्टिमिडिया अवार्ड समता विश्वकर्माले हात पारिन यस्तै बेष्ट स्माईल मुस्कान तामाङ, बेष्ट फोटोजेनिक प्रसंशा श्रेष्ठ, बेष्ट क्याटवाक अञ्लिशा शंकर, बेष्ट डिसिप्लेनको अवार्ड हिमानी चौधरीले हात पारेकी छन्। यसैगरी बेष्ट ट्यालेन्ट मुस्कान तामाङ, बेष्ट ब्युटिफुल समता बिश्वकर्मा, पब्लिक च्वाईस सुभानी चौधरी, मिस हस्पिटालिटी निनिमा खेवाङ लिम्बू र बेष्ट फिगरको अवार्ड मुस्कान तामाङले हात पारेका छन्।

यसैगरी प्रिन्स तर्फबाट पब्लिक च्वाईसको अवार्ड अतुल गौतमले हात पारे भने मल्टिमिडिया अवार्ड स्वर्णिम कार्की, बेष्ट स्माईल अनिकेत सिकर्मी, बेष्ट फोटोजेनिक अतुल गौतम, बेष्ट र्‍याम्प बालक प्रनबमान स्थापित, बेष्ट डिसिप्लेन जेनिश कठेत, बेष्ट ट्यालेण्ट प्रनबमान स्थापित, बेष्ट ह्यान्डसम अनिकेत सिकर्मी, बेष्ट हस्पिटालिटी अतुल गौतम र बेष्ट फिजिक्सको अवार्ड स्वर्णिम कार्कीले हात पारेका छन्। ईटहरी र धरानको अडिसनबाट फाईनलका लागि २६जना प्रतिष्पर्धी छानिएका थिए। कार्यक्रममा सहभागीहरुका आमाबुवाले पनि स्टेजमा र्‍याम्प गरेका थिए भने प्रतिष्पर्धीहरुको तालिम अबधिमा आमाबुवाले छोराछोरीको हेरचारको आधारमा २ जनालाई ‘सुपर मम–ड्याड’ को उपाधिले सम्मान गरिएको थियो। जसमा सुपर मम सरस्वती श्रेष्ठ लिम्बु र सुपर ड्याड देबीप्रसाद रिजाल भएका थिए। सहभागीहरुलाई २२ दिन बिभिन्न तालिमहरु प्रदान गर्नुका साथै र्‍याम्प वाकको बिशेष तालिम दिइएको थियो।

कार्यक्रमलाई ब्यबस्थापन दिपक गिरीले गरेका थिए यस्तै निश्चल पालिखे कार्यक्रम संयोजकको रुपमा थिए। फाईनल कार्यक्रममा ईटहरी, धरान, झुम्कालगायतका ठाउँबाट करिव पाँचसय जना उपस्थित थिए।

आयोजक कम्पनीका सिईओ दिपक गिरीको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश नम्बर १ कि उप–सभामुख सरस्वती पोख्रेल प्रमुख अतिथीको रुपमा हुनुहुन्थ्यो। यस्तै निर्णायकको रुपमा बराह ज्वेलरीका सिइओ गंगा कालिकोटे, मोडल तथा निर्देशक दिनेश कोइराला, प्राज्ञ राम धामी, होटल गजुर प्यालेस धरानकी सिइओ रञ्जना झा र प्रमुख निर्णायकको रुपमा मिस लुमिनियर ईन्टरनेसनल वल्र्ड २०१९ मा मिस ग्ल्यामरको उपाधी हात पारेकी सिम्रन श्रेष्ठ थिईन।

कार्यक्रमको प्रमुख आकर्षणको रुपमा चर्चित बेली डान्सर बिनु शाक्य, जादुगर महादेव त्रिपाठी र संसारकै होचो व्यक्तिको रुपमा वल्र्ड रेकर्डको लागि अन्तिम तयारीमा रहेका मनोज बिक रहेका थिए।

त्यसैगरी अफिसियल मेकअप आर्टिस्ट रुबिना श्रेष्ठ, इभेन्ट होस्टकारुपमा सरुपा थापा मगर, अफिसियल कोरियोग्राफर संगीता चौधरी, डिथ्री फोटोग्राफी र डिथ्री अनलाईन अफिसियल मिडिया तथा फोटोग्राफी पार्टनर यस्तै ईभेण्टको मिडिया संयोजक सुवास संकल्प रहेका थिए।

पब्लिक रिलेशन अफिसरको रुपमा जेरी शर्मा र ईभेण्ट सपोर्टरको रुपमा सुस्मिता श्रेष्ठ, प्रभा अधिकारी, कला, जुनु श्रेष्ठ, शर्मिला दाहाल र निष्मा क्षेत्री थिए। कार्यक्रममा साईनिङ्ग स्टार डान्स एकेडेमीको बिषेश डान्स र बिबेक नेपालीले गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए।