काठमाण्डौ / मोवाइलको व्याट्री नटिकेर तपाई पनि हैरान नै हुनुहुन्छ होला। नयाँ मोवाइल भए पनि व्याट्री नटिकेपछि कमसल सामान पो खरिद गरियो कि भन्ने दुविधा मनमा पर्छ।

तर मोवाइलमा चार्ज नटिक्नुको एउटा मुख्य कारण आफ्नो मोवाइलमा भएका खराब एप पनि रहेको अनुसन्धानबाट खुलेको छ। अनुसन्धानकर्ताहरुले गुगल प्ले स्टोरमा १७ वटा खराब एप्स पत्ता लगाएका छन्। जसले फोनको ब्याट्रीलाई छिटो खत्तम गरिदिने उल्लेख छ।

एन्ड्रोयड स्मार्टफोन प्रयोग गर्ने प्रयोगकर्तालाई एक पटक फेरि चेतावनी दिदै रोमानियाको एन्टी भाइरस सफ्टवेयर एन्ड सेक्योरिटी कम्पनी बिटडिफेन्डरको अनुसन्धानले त्यस्ता एप्स तत्कालै डिलिट गर्न समेत सुझाएको छ।

यस्ता छन ब्याट्री टिक्न नदिने १७ खराब एप

१. कार रेसिङ
२. ४ के वालपेपर
३. ब्याकग्राउन्ड ४ के एचडी
४. क्युआर कोड रिडर एन्ड बारकोट स्क्यानर प्रो
५. फाइल म्यानेजर प्रो– म्यानेजर एसडि कार्ड
६. भिमोओ सिटीः स्पीड रेसिंग ३ डी
७. बारकोट स्क्यानर
८. स्क्रीन स्ट्रिम मिररिंग
९. क्युआर कोड–स्क्यान एन्ड रीड बारकोड
१०. पीरियड ट्रयाकर–साइकल ओव्युलेशन वीमन्स
११. क्युआर एन्ड बारकोड स्क्यान रिडर
१२. वालपेपर ४ के, ब्याकग्राउन्ड एचडी
१३. ट्रान्सफर डेटा स्मार्ट
१४. एक्सप्लोरर फाइल म्यानेजर
१५. टुडे वेदर राडार
१६. मोवनेट आईओः बिग फिस फ्रेन्जी
१७. क्लक एलइडी