इटहरी / ग्ल्यामरस नेपालले आयोजना गरेको लिटिल मिस्टर एण्ड मिस सुनसरी (च्याप्टर–२) को ग्राण्ड फिनाले सम्पन्न भएको छ। गएको सनिवार ईटहरिस्थित लायन्स क्लबमा सम्पन्न फाईनलमा सिनियर गर्लस तर्फ दिया घिमिरे बिजेताको ताज पहिरिन सफल भईन भने सिनियर ब्वाईज तर्फ विवेक रानाभाट बिजेता बने। यस्तै सिनियर गर्लस तर्फ क्रमश फर्सट रनरअप, सेकेण्ड रनरअप र थर्ड रनरअप करुणा चौधरी, रोइस्ता मगर र रिया श्रेष्ठ बन्न सफल भए। सिनियर ब्वाईज तर्फको फर्स्ट रनरअप र सेकेण्ड रनरअप क्रमश सन्देश बञ्जरा र प्रशान्त सौराली मगर बन ।

दिउसो ३ बजेबाट सुरु भएको फाईनलको जुनियर गर्ल्स तर्फको बिजेता आर्सिया तामाङ भईन भने जुनियर ब्वाईजको बिजेता रोहित गजमेर बनेका छन्। यस्तै जुनियर गर्ल्स तर्फ क्रमश फर्स्ट रनरअप, सेकेण्ड रनरअप र थर्ड रनरअप क्रिष्टिना चौहान, तेमिका राई र स्नेहा थापा बनेका छन्। जुनियर ब्वाईज तर्फको फर्स्ट रनरअप र सेकेण्ड रनरअप क्रमश अशिम तामाङ र देव खड्का बन्न सफल भए। यस्तै सोसल मल्टिमिडियाको अवार्ड सिनियर तर्फ बबिना मगर जुनियर तर्फ तेमिका राईले जिते भने अडियन्स च्वाईस अवार्ड सिनियर बबिना मगर, रोइस्ता मगर, रिया श्रेष्ठ, करुणा चौधरी र जुनियर बाट तेमिका राई, क्रिष्टिना चौहानले हात पारिन्।

यस्तै फाईनल कार्यक्रममा सव टाईटल पनि प्रदान गरिएको थियो। जसमा जुनियर तर्फ बेस्ट ट्यालेण्ट तेमिका राई, बेस्ट कन्फिडेण्ट दृश्या तामाङ, बेस्ट चार्मिङ्ग स्नेहा थापा, मस्ट ब्युटीफुल आर्सिया तामाङ, लिटिल कंगनालिटि तयामी राई, बेस्ट लिडरशिप मोनिका खत्री, बेस्ट डिसिप्लेन कन्चन खनाल, बेस्ट एनेर्जेटिक लाजेसा लिम्बू, बेस्ट ईण्टेलेजेन्स प्रजिना न्यौपाने, बेस्ट फोटोजेनिक क्रिष्टिना चौहान, बेस्ट कन्पिÞmडेण्ट, ब्युटिफुल वाल्क प्राची रिजाल, ब्युटिपिÞmल हेयर क्षितिजा मगर, बेस्ट एक्सप्रेसन सदृश्या धिमाल, बेस्ट फ्रेन्डशिप सोनी अधिकारी, ब्युटिफुल स्माईल सिम्रिका दाहाल, ब्युटिफुल पर्सनालिटी शिखा राई, मस्ट ब्युटिफुल परी कार्की, मस्ट हेल्प्फुल बिन्जु थापाले सव टाईटल अवार्ड हात पारे।

फाईनल कार्यक्रममा सिनियर गल्र्स तर्फ बेस्ट लिडरसीप रिया श्रेष्ठ, ग्ल्यामरस आइज प्राची श्रेष्ठ, मस्ट ब्यूटी दिया घिमिरे, ब्युटीफुल फोटोजेनिक कृति नेपाल, ब्यूटीफुल पर्सनालिटी आयुष्ना मग्राती, लिटिल कंगनालिटी सदिक्षा मल्ल ठकुरी, मस्ट ब्युटीफुल सलिना श्रेष्ठ, बेस्ट ट्यालेन्ट रोइस्ता मगर, बेस्ट कन्फिडेन्ट करुणा चौधरी, मस्ट हेल्पफुल समीक्षा लम्साल, ब्यूटीफुल हेयर बबिना मगर, बेस्ट पर्फमेन्स तारा कार्की, बेस्ट डिसिप्लेन क्रिस्मित तामाङ, बेस्ट फ्रेन्डशिप करुणा घिमिरे, ब्यूटीफुल वाक सिमसिमा लिम्बू, बेस्ट एक्प्रेशन दिलासा विष्टले सव टाईटल हात पारे।

सो कार्यक्रममा सिनियर ब्वाइज तर्फ वेस्ट डिसिप्लिन प्रशान्त सौराली मगर, बेस्ट ट्यालेन्ट विवेक रानाभाट, मस्ट हेन्डसम सन्देश बन्जरा, बेस्ट फ्रेन्डसिप विवेक रानाभाट साथै जुनियर ब्वाइज तर्फ बेस्ट ट्यालेन्ट देव खड्का, बेस्ट कन्फिडेन्ट रोहित गजमेर र बेस्ट फ्रन्डसिप अशिम तामाङले सव टाइटल हात पारे।

फाईनल कार्यक्रममा प्रमुख अथितिको रुपमा वरिष्ठ चलचित्र निर्माता छविराज ओझा रहेका थिए। यस्तै कार्यक्रमको निर्णायकहरुको रुपमा कलाकार तथा युवा व्यवसायी प्रकाश घिमिरे, शिक्षाशेवी एलिना श्रेष्ठ, डान्स कोरियाग्राफर प्रनिसा उदास र चलचित्र लेखक तथा कान्तिपुर फिल्म एकेडेमीका प्रबन्ध निर्देशक प्रकाश पुरीले भूमिका निर्वाह गर्नुभएको थियो।

बिगत १७ वर्ष देखि बालबालिकाको क्षमता अभिवृद्धि र भित्रि कलालाई ठुलो प्लेटफर्म मार्फत उजागर गर्दै आएको ग्ल्यामरस नेपालले ईटहरीमा आयोजना गरेको यो आठौँ कार्यक्रम रहेको ग्ल्यामरसका म्यानेजिङ्ग डिरेक्टर अर्जुन कुमार श्रेष्ठ (आशिम ज्वयल)ले बताउनुभयो।

कार्यक्रमलाई लक्ष्मण ज्वयल श्रेष्ठले संचालन गरेका थिए। भर्खरै सम्पन्न भएको फाईनल कार्यक्रम सोचेभन्दा सफल भएको श्रेष्ठ बताउछन। लिटिल मिस्टर एण्ड मिस सुनसरीको अडिसनमा ईटहरी र आसपासका स्कुल तथा बोर्डिङ्गबाट ४० जना सहभागी भएका थिए। सहभागीलाई १ महिनाको र्याम्प वाल्क संगै क्षमता अभिवृद्धि, नेतृत्व बिकाश लगायतका तालिमहरु प्रदान गरिएको थियो। प्रतिष्पर्धीहरुलाई कोरियोग्राफर लक्ष्मण ज्वयल श्रेष्ठ तथा विभिन्न विधाका दक्ष प्रशिक्षकहरुले तालिम गराएका हुन्।