धनगढी / कैलालीको गोदावरी नगरपालिका–१० का अध्यक्ष गुड्डु भनेर चिनिने रविन्द्र शाहीसहितका १६ जनालाई प्रहरीले आइतबार राति जुवाको खालबाट पक्राउ गरेको छ।

२२ लाखसहित उनीहरुलाई धनगढी उपमहानगरपालिका–३ बाटमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। वडाध्यक्ष शाही गोदावरी नगरपालिका–१० मा विजयी जनप्रतिनिधि हुन्।

जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतका अनुसार वडा अध्यक्ष शाहीलगायत १६ जना जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरिएको हो।