काठमाण्डौ / सभामुखमा निर्वाचित अग्निप्रसाद सापकोटाको सपथ ग्रहण कार्यक्रमको विरोध गर्न गएका दर्जन अधिकारकर्मी राष्ट्रपति भवन शीतलनिवास आगडिबाट प्रक्राउ परेका छन्।

आइतबार सभामुखमा निर्विरोध निर्वाचित हुनुभएका सापकोटाले सोमबार ९आज० ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिनुभएको थियो।

काभ्रेका अर्जुन लामाको अपरणपछि हत्यामा संलग्न भएको आरोप सापकोटामाथि लागेको छ। पक्राउ परेका अधिकारकर्मीहरुलाई प्रहरीले महानगरीय प्रहरी महाराजञ्जगमा लगेको छ।

पक्राउ पर्ने अधिकारकर्मीहरुमा चरण प्रसाइ, पूर्णिमाया लामा, महामुनिश्वर आचार्य, जनक राउत, एलिना गौतम, निरन्जन थपलीया, विपिन बुढाथोकी, शंकर बुढाथोकी, बालकृष्ण घिमिरे, जस्लिना राणा, प्रशान्त त्रिपाठी र राजन कुइँकेल रहेका छन्।