काठमाण्डौ / प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले कांग्रेसले उपसभामुख पदका लागि कमण्डलु नथाप्ने बताउनुभएको छ।

सभामुख निर्वाचनका लागि आइतबार बोलाइएको संसद बैठकलाई सम्बोधन गर्दै कांग्रेस सांसद डा. मिनेन्द्र रिजालले सभामुखमा उम्मेद्वारी नदिने निर्णय जानकारी गराउनुभएको हो।

बाहिर यसको अपब्याख्या भएको भन्दै उहाँले भन्नुभयो, ‘कांग्रेसले उपसभामुखका लागि बार्गेनिङ गर्न उम्मेद्वारी दिएन भनियो। तर, उपसभामुखका लागि हामीसँग मत पनि छैन, कमण्डलु लिएर आएका पनि छैनौं।’

सांसद डा. रिजालले उपसभामुख कताबाट छान्दा सत्तालाई सजिलो पर्छ भनेर सभामुख र उपसभामुख फरक दलको हुने व्यवस्था संविधानमा नराखिएको बताउनुभयो।