काठमाण्डौ / राष्ट्रियसभा सदस्य पदका लागि भइरहेको निर्वाचनको मतगणना आज (बिहीबार) बाटै सुरु हुने भएको छ।

बिहीबार बिहान १० बजेदेखि प्रदेश १ को बिराटनगर, प्रदेश २ को जनकपुर, बागमतीको ललितपुर, गण्डकीको पोखरा, प्रदेश ५ को घोराही, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको डोटीमा भइरहेको मतदान सम्पन्न भएपश्चात मतगणना हुने बताइएको हो।

निर्वाचन आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुखरअध्यक्ष र उपप्रमुखरउपाध्यक्ष सहभागी भएको निर्वाचनको मतदान अपराह्न ४ बजे सकिएपछि मतगणना गरिने बताउनुभएको हो।

आजै मतगणनाको कार्य प्रारम्भ गर्न मतगणना सम्बन्धी निर्देशिकासहित निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन गरिएको जारी विज्ञप्तिमा उल्लेख छ।

हेर्नुहोस् विज्ञप्ति :