धनकुटा / नेपाल राष्ट्रिय शिक्षक संगठन धनकुटाका अध्यक्ष छत्र अधिकारीको निधन भएको छ। छथर जोरपाटी गाउँपालिका–४ ओख्रे घर भएका छत्र अधिकारीको ५४ बर्षको उमेरमा बिहिबार बिहान निधन भएको हो।

मुखको क्यान्सर भएर अधिकारीको गत साउनमा भरतपुर क्यान्सर अस्पतालमा शल्यक्रिया गरिएको थियो। शल्यक्रिया पश्चात नियमित ‘फलोअप’ मा रहेका अधिकारीको बिहिबार बिहान आफ्नै निवासमा निधन भएको परिवार स्रोतले जनाएको छ।

छथरजोरपाटी–३ स्थित चुलाचुली माध्यमिक बिद्यालयमा पढाउँदै आउनुभएका अधिकारी नेपाल रेडक्रस सोसाइटी धनकुटाका कार्यबाहक अध्यक्ष समेत हुनुहुन्थ्यो। २०४७ साल यता नेपाल राष्ट्रिय शिक्षक संगठनमा आवद्धभई महत्वपूर्ण जिम्मेवारी वहन गर्दै आउनुभएका अधिकारीका श्रीमतिसहित दुई छोरा र एक छोरी छन्।