उदयपुर / उदयपुरको त्रियुगा –९ का आमाछोरीको हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आरोपितलाई जिल्ला अदालतले आजिवन काराबासको फैसला सुनाएको छ।

मंगलबार सिरहाको लहान नगरपालिका–८ स्थायी घर भई उदयपुरको त्रियुगा –३ मोतिगडामा व्यापार गर्दै आएका ४० वर्षीय रामहरी साहलाई आजिवन कारबाससँगै पीडितलाई एक लाख क्षतिपुर्ति उपलब्ध गराउने गरी फैसला सुनाएको हो।

त्यस्तै पक्राउ परेका साहसँग फेला परेको सुनको रिङ र मंगलसुत्र पीडितको भएको साहले स्वीकार गरेकाले पीडित परिवारलाई नै फिर्ता दिन आदेश गरिएको जनाइएको छ।

साहले २०७६ असोज २४ गते साँझ २८ वर्षीया गोमा भनिने शारदा चौधरी र छोरी ६ वर्षीया रचना चौधरीलाई धारिलो हत्यार प्रयोग गरी हत्या गरेको भन्दै प्रहरीको अनुसन्धान पछि सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो। साहलाई प्रहरीले असोज २५ गते मोतिगडाबाट पक्राउ गरेको थियो।