काठमाण्डौ / अब राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको घरेलु उडानको टिकट नेपाल एयरलाइन्सकै मोबाइल एपबाट बुकिङ गर्न सकिने भएको छ।

अहिले एन्ड्रोइड मोबाइलका लागि मोबाइल एप्लिकेसन बनेर सेवा सुरु भइसकेको छ भने आइओएसबाट पनि केही सातामै यो सेवा सुरु हुनेछ।

अहिले अनलाइन बुकिङको लागि इसेवा र आइएमइ पेबाट भुक्तानी गर्न सकिन्छ। अन्तर्राष्ट्रिय उडानको टिकट पनि बुक र खरिद गर्न मिल्ने गरी काम अगाडि बढिररहेको बताइएको छ। यो सेवा केही साताभित्रै सुरु गरिनेछ।

नेपाल एयरलाइन्स नाम रहेको राष्ट्रिय ध्वजावाहकको आधिकारिक मोबाइल एपबाट उडानमा हुने ढिलाइ र उडान रद्दलगायतका अन्य जरुरी सूचना पनि नोटिफिकेशनमार्फत् प्राप्त गर्न सकिनेछ।