एजेन्सी / अर्जेन्टिना तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका गोलकिपर सर्जियो रोमेरो सवार कार दुर्घटनामा परेको छ। रोमेरो सवार ल्यामबोर्गिनी कार ट्रेनिङ ग्राउन्ड नजिकै दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्।

अर्जेन्टिनाका ३२ वर्षीय रोमेरो कार दुर्घटनामा परेको क्लबले पनि औपचारिक रूपमा पुष्टि गरको छ। कार क्यारिङटनको प्रशिक्षण क्याम्प नजिकै दुर्घटनामा परेको हो। क्लबले विज्ञप्ति जारी गर्दै रोमेरो सवार कार दुर्घटनामा परे पनि उनलाई कुनै गम्भीर चोट भने नलागेको बताएको छ।

करिब साढे २ करोड डलरको सो कार क्यारिङटनको ए–१६१४४ नम्बको सडकमा दुर्घटनामा परेको हो। तस्बिरमा कारले सडकको छेउमा लगाएको फलामे बार भत्काएको देखिन्छ। सोक्रममा कारको पछाडिको भाग कच्याकुचुक भएको देखिन्छ।