काठमाण्डौ / उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा दिने हुनुभएको छ। तुम्बाहाङ्फेले प्रतिनिधिसभाको बैठक बस्नुअघि सभामुखलाई सम्बोधन गरेर संसद् सचिवालयमा राजीनामा दिन लाग्नुभएको हो।

अपराह्न १ बजे प्रतिनिधिसभा बैठक बस्नुअघि उपसभामुखले राजीनामा दिने निकट स्रोतले जनाएको छ। त्यसपछि सोमबारको बैठकको अध्यक्षता जेष्ठ सदस्यका हैसियतमा राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले गर्नुहुने छ।

यसअघि नेपाल कम्युनिष्ट पार्टीले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो। आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो।