काठमाण्डौ /  सोमबार बिहान त्रिभुवन विमानस्थलमा बुद्व एयर र यति एयरलायन्सका दुईवटा जहाज ठोक्किएका छन्। जनकपुरका लागि उडान भर्न लागेको बुद्ध एयरको जहाज र रोकिराखेको यति एयरलायन्सको जहाज ठोक्किएका हुन्।

जहाज ठोक्किएपछि बुद्ध एयरको जनकपुर उडान रद्द गरिएको छ। दुई वटै जहाजमा सामान्य क्षति भएको कम्पनीका अधिकारीहरूले बताएका छन्। क्षति सामान्य भए पनि दुबै जहाजलाई नागरिक उड्ययन प्राधिकरणका अधिकारीहरूले जाँच गरेपछि उडान हुने बताइएको छ। 

यता, विमानस्थल प्रहरीका अनुसार बुद्ध एयरको जहाजले यति एयरलाइन्सको जहाजलाई छोएको मात्र हो।