उदयपुर / उदयपुरको चौदण्डीगढी नगरपालिका १ बेल्टार स्थित बंशिलाघाट जाने भित्री सडक खण्ड अन्तर्गत छुईलामा ट्याम्पो दुर्घटना हुँदा गणेश खड्काको ज्यान गएको छ।

शुक्रबार राती साढे ११ बजे बेल्टारबाट बंशिलाघाट तर्फ जादै गरेको स १ ह ३२३७ नम्बरको ट्याम्पो आफै अनियन्त्रीत भई सडकबाट अंदाजी १०० मिटर तल झरी दुर्घटना भएको थियो।

दुर्घटनामा परेको गम्भिर घाईते भएको अवस्थामा ट्याम्पो चालक खोटाङको जन्तेढुङ्गा गाउँपालिका १ घर भई हाल जिल्ला उदयपुर चौदण्डीगढी नगरपालिका १ बंशिलाघाट बस्ने ४० बर्षीय खड्कालाई शनिबार बिहान ८ बजे स्थानीले भेटेका थिए।

घाईते उनलाई स्थानीय मेडिकलमा उपचार गराएर थप उपचारको लागी बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्योउनासाथ डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।