एजेन्सी / हरेक मानिसको चाहना सधैभरि आफुलाई जवान राख्ने नै हुन्छ। एउटा बुढो केश पाकिसकेका बृद्ध पनि आफुलाई जवान देखाउन सक्दो प्रयास गर्छन। तर कुनै मानिस सानो उमेरमा नै बुढो भयो भने के होला? आफ्नै कमि कमजोरी र लापरवाहीका कारण पछिल्लो समय मानिसहरु उमेर नै नपुगी बुढो हुन थालेका छन। आज हामी यस्ता आदतहरुका बारेमा कुरा गर्न जाँदैछौं जसले तपाईलाई उमेर नै नपुगी बुढो बनाउन सक्छ, जान्नुहोस 

चिनीको सेवन 

अत्याधिक मात्रामा चिनीको सेवन गर्नु पनि स्वास्थ्यका लागि हानिकारक छ। चाहिने भन्दा बढी गुलियो खानेकुराको सेवनले ब्लड प्रेसरको मात्रा बढ्न गई अनुहारमा चाउरिपना देखिन्छ। 

घाममा हिड्ने 

घाम स्वास्थ्यका लागि फाइदाजनक छ। बिहानीपखको घाममा भिटामिन डि प्रसस्त मात्रामा पाइन्छ।  तर धेरै बेरसम्म घाममा बस्नाले भने अनुहारमा विभिन्न समस्याहरु देखिने र त्यसको असरले छिट्टै नै बुढो देखिन्छ। 

निन्द्राको कमि 

कुनै पनि व्यक्तिका लागि दैनिक ७ देखि ८ घण्टा सुत्नुलाई राम्रो मानिन्छ। तर आजभोलि मानिसहरु व्यस्तता र अन्य कारणले राम्रोसंग निन्द्रा पुरा गर्न पाउदैनन्।  थकान र आलास्यताका कारण पनि छिटो बुढो हुने समस्या पछिल्लो समय निम्तिरहेको छ।

मध्यपान 

मध्यपान स्वास्थ्यका लागि हानिकारक छ। यो कुरा थाहा हुँदाहुँदै पनि दिनप्रतिदिन जाँडरक्सीको सेवन गर्ने मानिसहरु बढिरहेका छन। मध्यपान पनि उमेर नै नपुगी बुढो बनाउने एक प्रमुख कारण हो त्यसकारण बिशेष ध्यान दिनुहोला।