बिराटनगर / मोरङको पथरीस्थित इलाका प्रहरी कार्यालयले एक महिनाको अवधिमा १८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी जिल्ला अदालत मोरङमा बुझाएको छ। अदालतबाट विभिन्न मितिमा दोषी ठहर भए पनि फरार रहेको पाइएपछि पक्राउ गरिएको डीएसपी दिलिप गिरीले बताउनुभयो।

उहाँका अुनसार बहुविवाह, सवारी ज्यान, नकावजनी चोरी, लागुऔषध तथा जबरजस्ती करणी मुद्धाका प्रतिवादी पक्राउ परेका हुन्। उनीहरुलाई अदालतबाट कैद तथा जरीवानाको फैसला भएको थियो।

फैसला कार्यान्वयनका लागि फरार प्रतिवादीलाई पक्राउ गरेर अदालतमा बुझाउने क्रमलाई तीव्र पारिएको गिरीको भनाइ छ। उहाँले फरार पक्राउ गर्न विशेष टोली नै परिचालन गरिएको बताउनुभयो। उहाँले पुस महिना भरीमा १८ जनालाई पक्राउ गरेर अदालतमा बुझाइएको जानकारी दिनुभयो।