रियल मड्रिडलाई स्पेनिस सुपर कपकाे उपाधि

  • शोभित मगर
  • प्रकाशित मिति: पुष 28, 2076

काठमाण्डौ / स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ।

फाइनलमा एट्लेटिको मड्रिडलाई पेनाल्टी सुटआउटमा हराउँदै रियल मड्रिड च्याम्पियन बन्यो। निर्धारित ९० मिनेट र थपिएको आधा घण्टाको अतिरिक्त समयमा गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो।

सर्जियो रामोसको पेनाल्टी गोल निर्णायक बनेपछि रियल मड्रिडले ४–१ को जित निकाल्यो। एट्लेटिकोका सउल निग्वेज र थोमस पार्टीको पेनाल्टी गोलमा परिणत हुन सकेन।

अतिरिक्त समय सकिन पाँच मिनेट बाँकी हुँदा फेड्रिको भाल्भार्डेले रातो कार्ड पाउँदा रियल मड्रिड १० खेलाडीमा झरेको थियो। साउदी अरेवियाको किङ्ग अबदुल्लाह स्पोर्टस सिटीमा भएको खेलमा एट्लेटिको मड्रिडका जाओ फिलिक्सले पहिलो हाफमा राम्रो मौका पाएका थिए। रामोसको मिसपासमा मौका पाएका फिलिक्सले पोस्टभन्दा थोरै बाहिर प्रहार गरे।

पहिलो हाफको तुलनामा दोस्रो हाफमा रियल मड्रिडले उत्कृष्ट प्रदर्शन गरेको थियो। पेनाल्टीमा सउलको प्रहार पोस्टमा लाग्न पुग्यो भने थोमस पार्टीको प्रहार रियलका गोलकिपर थियाबट कोट्र्वाले बचाएका थिए।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

फोन नम्बर: ०२५-५८९३५१, ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

प्रेस काउन्सिल दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2020 - Purbikhabar.com All rights reserved