सुनसरी/ सुनसरीको इटहरी उपमहानगरपालिका ३ बौकाझोडाको बनक्षेत्र भित्र अवैध उत्खनन् जारी रहँदा सरोकारवालाले मौनता साँधेका छन्। बनक्षेत्रभित्र उत्खनन् जारी रहँदापनि स्थानीय सरोकारवालाले मौन बसेर उत्खनन्लाई प्रश्रय दिएका हुन्।

इटहरी उपमहानगरपालिका ३ बौकाझोडा भएर बग्ने शेरा खोलामा बनक्षेत्र भित्र अनधिकृत रुपमा हालसम्म पनि उत्खनन् जारी रहेको स्थानीयले बताएका छन्। शेराखोलामा २४ घण्टा नै २वटा स्काभेटर प्रयोग गरेर उत्खनन् गर्ने गरेको स्थानीयको भनाई छ।

बनक्षेत्रमा ढुंगा गिटी निकाल्न नपाईने भएपनि इटहरी उपमहानगरपालिकाले ऐन नै मिचेर बनक्षेत्र भित्र ठेक्का लगाएको भएपनि स्थानीय युवाहरु राजेश लिम्बु, किशान राई, बिशाल खड्का र राजकुमार राईले उत्खनन् तत्काल रोक्न इटहरी उपमहानगरपालिकामा ध्यानाकर्षण गर्दै निवेदन दिएका छन्। IMG_6075

स्थानीयबासीको बिरोधका बावजुत हालपनि बनक्षेत्र भित्र उत्खनन् जारी रहेको स्थानीयको भनाई छ। शेरा खोलामा बर्षेर्नी आउने बाढिका कारण इटहरी ३को प्रगती टोल, तामाङ टोलको अधिकांश बस्ती र खेतियोग्य जमिन डुवाउ हुने गरेको छ।

हालको उत्खनन्का कारण ति टोलहरु भासिने एवं बन क्षेत्रमा नै खोला खनिएका कारण भुक्षय भई बस्तीहरु जोखिममा पर्ने भन्दै स्थानीयले चिन्ता ब्यक्त गरेका छन्। दिनदहाडै खोला दोहन भईरहँदा पनि स्थानीय वडाका जनप्रतिनिधी, स्थानीय प्रहरी, उत्खनन् जारी रहेको सरस्वती सामुदायीक बनका पदाधिकारी, इटहरी उपमहानगरपालिका कानमा तेल हालेर बसेका छन्। IMG_6075

यस बिषयमा स्थानीयबासीले केहिदिन अगाडी बिरोध गरेर खोलामा हल्लीखल्लि मच्चाएपछि वडा प्रतिनिधी, बनका कर्मचारी एवं स्थानीय प्रहरीले खोलाको अनुगमन गरेको नाटक मञ्चन गरेपनि अहिले पनि उत्खनन् जारी छ।