एजेन्सी / बलिउड अभिनेता सलमान खानले शुक्रबार आफ्नो ५४ औं जन्मदिन मनाएका छन्। यो मौकामा उनका प्रशंसक र इन्डष्ट्रिका साथीहरुले उनलाई बधाई दिए। यस्तै उनका भाइ सोहेल खानले आफ्नो घरमा पार्टी राखे जसमा उनको परिवारसहित थुप्रै सेलिब्रिटी पुगे।

उनको जन्मदिनको पार्टीमा उनकी दबंग को–स्टार सोनाक्षी सिन्हा पनि पुगिन्। सोनाक्षीसँगै उनकी आमा पूनम सिन्हा पनि सो कार्यक्रममा पुगिन्। सलमान खानले उनलाई अँगालो हालेर स्वागत गरे।

सलमानको बर्थडे पार्टीमा बलिउड नायिका उर्वशी रौतेला पनि उपस्थित भइन् र उनले आफ्नो अचम्मको स्टाइलमा मिडियालाई पोज दिइन्।

सलमानका भाइ अरबाज आफ्नी प्रेमिका जर्जिया एन्ड्रियानीसँग।

सलमानको जन्मदिनको पार्टीमा संगिता बिजलानी पनि पुगेकी थिइन्। स्मरण रहोस् उनको नाम कुनै बेला सलमानसँग जोडिएको थियो। उनीसँग विवाहको मिति तोकिएको र कार्ड नै छापिएको पनि विभिन्न भारतीय मिडियाले बताउने गरेका छन्।  

यो मौकामा सलमान खानकी नजिककी साथी एवं कथित प्रेमिका युलिया पनि पुगेकी थिइन्।

सलमान खानलाई जन्मदिनको बधाइ दिन उनकी पूर्व प्रेमिका कट्रिना कैफ पनि पुगेकी थिइन्।

सलमान खानकी बहिनी अर्पिता छोरा आहिल र श्रीमान् आयुषसँग कार्यक्रममा उपस्थित भइन्। अर्पिताले दाइ सलमानको जन्मदिनको अवसर पारेरै शल्यक्रियामार्फत् छोरीलाई जन्म दिएकी छिन्।