एजेन्सी /  भारतीय टिभी जगतका चर्चित अभिनेता ३७ वर्षीय कुशाल पंजाबीको निधन भएको छ। लिउड फिल्ममा समेत दखिएका कुशाल बिहीबार राति घरभित्र झुण्डिएको अवस्थामा भेटिएको भारतीय मिडिया आजतकले जनाएको छ।

हेयर ट्रान्सप्लान्ट शल्यक्रियामा गडबड भई डिप्रेशनबाट गुज्रिरहेका कुशालको मृत्युको जानकारी उनका निकै मिल्ने साथी र टिभी जगतका अभिनेता करनवीर बोहराले आफ्नो सोसल ह्यान्डलमार्फत् दिएका हुन्।

आफ्ना साथी कुशालका लागि करनवीरले लेखेका नोटमा ‘तिमी गएको भन्ने खबर सुन्दा म स्तब्ध छु, मैले अहिलेसम्म पनि यो कुरा स्विकार गर्न सकेको छैन। मलाई थाहा छ तिमी यहाँ भन्दा राम्रो स्थानमा छौ। तिमीले सधैं मलाई जीवनमा प्रेरणा दियौ। म सधैं तिमीलाई डान्सिङ ड्याडीको रुपमा याद गर्नेछु।’ भनि उल्लेख गरिएको छ।

कुशालको अन्तिम संस्कार शुक्रबार दिउँसो गरिने स्रोतले जनाएको छ।