इटहरी / नेपाल रेडक्रस सोसाईटी हाँसपोसा उपशाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा ७६ पिन्ट रगत संकलन भएको छ। तरहराको बास्केटबल कोटमा आयोजना गरिएको २० औं बार्षिक साधरणसभा तथा रक्तदान कार्यक्रममा ७६ पिन्ट रगत संकलन भएको हो।

कार्यक्रम उपशाखा सभापति चन्द्र कुमार गिरीको अध्यक्षता तथा उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि पौडेलले रेडक्रस हाँसपोसा उपशाखालाई निःशुल्क एम्बुलेन्स दिने घोषणा गर्नुभयो। उहाँले भन्नुभयो, "म यो संस्थाको यशेस्कर सदस्यसँगै एउटा एम्बुलेन्स निःशुल्क उपलब्ध गराउँने घोषणा गर्दछु।"