इटहरी / जनता क्यापसका बिद्यार्थीहरुले क्याम्पस व्यवस्थापन समितीका अध्यक्षसहित पाँच जनालाई क्याम्पस प्रवेशमा निषेध गरेका छन्। बिद्यार्थीहरुले बिज्ञप्ती जारी गर्दै अनिश्चित कालकालागी प्रवेश निषेध गरिएको विज्ञप्तीमार्फत् जानकारी गराएका हुन्।

बिद्यार्थीहरुले क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष रेवतीरमण भण्डारी, क्याम्पस प्रमुख भोजराज श्रेष्ठ, सहायक क्याम्पस प्रमुख गीता अधिकारी, टोलनाथ काफ्ले र युवराज सिटौलालाई क्याम्पस प्रवेशमा निषेध गरेका छन्।

आइतबार (हिजो) क्याम्पसको खेल मैदानमा क्रिश्चियन धर्मसम्बन्धि कार्यक्रमका लागि अनुमति दिएर बिद्यार्थीहरुको पठनपाठनमा समस्या देखिएको भन्दै बिद्यार्थी नेता आन्दोलित भएका थिए। 

मुख्यमन्त्री सहभागि हुने कार्यक्रममा अवरोध गर्न खोजेको भन्दै प्रहरीले क्याम्पसका बिद्यार्थी नेता सहदेव काफ्ले, किरण बिष्ट, सागर धमला, संगित सन्तोष, प्रविण दाहाल, सोमनाथ घिमिरेलाई नियन्त्रणमा लिएर बेलुका छाडेको थियो।

नेवि संघ सभापति सहदेव काफ्लेले क्याम्पसको खेल मैदानमा क्रिश्चियन धर्मसम्बन्धि कार्यक्रमका लागि अनुमति दिएर बिद्यार्थीहरुको पठनपाठनमा समस्या ल्याउनु ज्यादै आपत्तिजनक भएको बताउनुभयो। उहाँले पूर्वी खवरसगँ भन्नुभयो, "यो सम्बन्धित पक्षहरूले आफ्नो कमजोरी सच्याउनको लागि विद्यार्थीहरुको खबरदारी मात्रै हो, यस बिषयलाई कम्जोर रुपमा लिएर समाधान नखोजिए हामी कडा कदम चाल्न बाध्य हुने छौ।"

त्यसैगरि समाजवादी विद्यार्थी युनियनका अध्यक्ष चन्द्र किराँतीले क्रान्ति शुरु भएको र तत्काल सम्बन्धित पक्षले आफ्नो कमजोरी सच्चाएर अगाडि नबढेको खण्डमा यो आन्दोलन निरन्तर अगाडि बढ्ने बताउनुभयो।

बिद्यार्थीहरु पाँच घण्टासम्म हिरासतमा रहँदा क्याम्पस प्रशासनले कुनै प्रतिक्रिया नदेखाएको भन्दै समितीका पाँच जनालाई क्याम्पस प्रवेशमा निषेध गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ।

हेर्नुहोस् बिज्ञप्ती :

bigapti