काठमाण्डौ / स्पेनिस बार्सिलोनाका लिओनल मेस्सीले हालै जितेको छैटौं बालोन डि‘ओर घरेलु रंगशालामा आफ्ना समर्थकसामु प्रदर्शन गर्ने भएका छन्। शनिबार ला लिगामा मालोर्साविरुद्धको खेलअघि मेस्सीले घरेलु दर्शकमाझ छैटौं बालोन डि‘ओर प्रस्तुत गर्ने भएका हुन्।

बार्सिलोनाले अफिसियल रूपमा जानकारी दिँदै शनिबार मालोर्साविरुद्धको खेलअघि मेस्सीले छैटौंसहित सबै अवार्ड प्रस्तुत गर्ने पुष्टि गरेको छ। बार्सिलोनाले अफिसियल ट्वीटरमा भनेको छ– ‘शनिबार मालोर्साविरुद्धको खेलअघि क्याम्प नोउमा एक जादुयी रात हुनेछ, जहाँ मेस्सी आफ्नो कीर्तिमानी छैटौं बालोन डि‘ओरसहित प्रस्तुत हुनेछन्।

मेस्सीले डिसेम्बर २ मा फ्रान्सको पेरिसमा इंग्लिस क्लब लिभरपुलका भर्जिन भान डाइकलाई पछि पार्दै छैटौं बालोन डि‘ओर जितेका थिए। ६ बालोन डि‘ओर जित्ने मेस्सी एक मात्रै खेलाडी हुन्।