काठमाण्डौ / चलचित्र निर्देशक दीपाश्री निरौलाले आफू अविवाहित भएपनि यौन आनन्द भने लिइ नै रहेको बताएकी छिन्। अभिनेत्री समेत रहेकी उनले यौन आनन्द लिनबाट आफू पछाडि नरहेको बताइन्।

चर्चित चलचित्र छक्का पञ्जाको निर्देशन गरेकी निरौलाले पत्रकार ऋषि धमलासँग ‘जनता जान्न चाहन्छन्’ नामक टेलिभिजन कार्यक्रममा विभिन्न साधनमार्फत यौन आनन्द लिइरहेको बताइन्।

‘अहिलेको वैज्ञानिक युगमा यौन आनन्द लिन समस्या छैन। मैले पनि विभिन्न साधनमार्फत यौन आनन्द लिएको छु’, उनले भनेकी छिन्–सेक्स गर्न विवाह नै हुनु पर्दैन।’ तपाईको विवाह दीपकराज गिरीसँग कहिले हुन्छ भनेर सोधिएको प्रश्नको जवाफमा अभिनेत्री दीपाले भनिन्–‘मेरो दीपकसँग विवाह नै हुँदैन।

कानून र समाजले गर्दा दीपकराज गिरीसँग मेरो विवाह हुँदैन समाजले दियो भने मात्रै दीपकराजसँग विवाह हुन्छ ’ यो खवर न्युज नेपालमा प्रकाशित छ।