इटहरी / इटहरीमा आज(बिहिबार) काउली बुढी र फुलन्देकी आमाको बिशेष प्रस्तुती हुने भएको छ।

इटहरीमा जारी मिनी महोत्सवमा साँझ ६ बजेदेखि दुवैको प्रस्तुती हुने आयोजक बुल्स इलाभेन क्लबका कोषाध्यक्ष रामु राईले जानकारी दिनुभयो। छोटो समयमा हास्य क्षेत्रमा नाम कमाउन सफल दुवैजनाको प्रस्तुतीलाई सर्वसाधरणले रुचाउने गरेका छन्।

इटहरी ९ स्थित जनता माबिको खेल मैदानमा आयोजना भइरहेको महोत्सवमा कलाकारहरुको प्रस्तुतीसगै बालबच्चाहरुको मनोरञ्जनका लागि रोटे पिङ, कोलम्बस आदीको समेत आकर्षण रहने छ।

महोत्सवको अन्तिम दिन १५ गते भने हाउजी बिङगो प्रतियोगिता हुने आयोजकले जनाएको छ।