केराबारी/ मोरङको केराबारी ६ आहाले डाँगीमा जारी बिष्णु बुर्जा स्मृति नकआउट फुटबल प्रतियोगिताको तेश्रो दिनको खेलमा तालतलैया फुटबल क्लव इटहरी बिजयी भएको छ। तालतलैयाले कुसुमे साईनिङ क्लव केराबारीलाई ४–१ ले पराजित गरेको हो।

केराबारी गाउँपालिका वडा नम्बर ६ इटहरी रोड स्थित फडानी खेल मैदानमा भएको खेलको पहिलो हापमा तालतलैयाले केराबारीलाई १–० ले पछि पारेको थियो। पहिलो हापको १९ औँ मिनेटमा तालतलैयाका जर्सी नम्बर ११ का शुसन तामाङले पहिलो गोल गर्दै खेलको खाता खोलेका थिए।

IMG_9735
तालतलैया फुटबल क्लवका खेलाडी

त्यस्तै दोश्रो हापको तेश्रो मिनेटमा तालतलैयाका जर्सी नम्बर ११ का शुसन तामाङले नै अर्को गोल गर्दै खेललाई २–० को गोलअन्तर बनाएका थिए। यस्तै दोश्रो हापको नवौँ मिनेटमा कुसुमे क्लवका तर्फबाट जर्सी नम्बर १० का मल्दिना आङथुपोले गोल गर्दै खेललाई २–१ को गोल अन्तर बनाएका थिए। यस्तै खेलमा बिपक्षी समुहका १० नम्बर जर्सीका खेलाडी आङथुपोलाई फल गरेपछि तालतलैयाका टिम क्याप्टेन सजिवन राईलाई अम्पायर तुलाई सरदारले यलो कार्ड दिएका थिए।

IMG_9738
कुसुमे साईनिङ क्लव केराबारी ९का खेलाडी

यसैगरी दोश्रो हापको १८ औँ मिनेटमा जर्सी नम्बर ७ का आशिष चौधरीले तालतलैयाका लागि तेश्रो एवं खेलको चौथो गोल गर्दै खेललाई ३–१को अन्तर बनाएका थिए। यसैगरी खेलको २४ औँ मिनेटमा तालतलैयाका तर्फबाट जर्सी नम्बर ३ का अनिश बस्नेतले गोल गर्दै खेललाई ४–१ को अन्तर बनाएका थिए।

आजको खेलको म्यान अफ द म्याच तालतलैया क्लवका गोलकिपर भेषराज भण्डारी घोषित भएका छन्। भण्डारीलाई खेल संयोजक भगिश्वर बुर्जा मगरले पुरस्कृत गर्नुभएको थियो।

IMG_9774
म्यान अफ द म्याच भण्डारीलाई पुरस्कृत गर्दै खेल संयोजक भगिश्वर बुर्जा

कात्तिक ११ गते समापन हुने एटिएन मिडिया प्रालिद्वारा सञ्चालित पूर्वी खबर अफिसियल मिडिया रहेको बिष्णु बुर्जा स्मृति फुटबल प्रतियोगिताको भोली बिहिबारको खेल इटहरी फुटबल क्लव इटहरी ३ र पानबारी फुटबल क्लव धरान ६का बीच हुने आयोजक समितिका सुवोध मगरले जानकारी दिनुभयो।

(फोटोफिचर)

IMG_9750 IMG_9743 IMG_9757 IMG_9767 IMG_9742 2