एजेन्सी / बलिउड अभिनेत्री आलिया भट्ट आफ्नो सुन्दरता र अभिनयका कारण सँधै चर्चामा रहँदै आएकी छन्। पछिल्लो समय उनी अभिनेता रणवीर कपुरसँगको रिलेशनसीप र चलचित्रका कारण चर्चामा छन्। उनले आफू फिट रहनका लागि खानपान र ब्यायममा विशेष ध्यान दिन्छन्।

करण जोहरको चलचित्र स्टुडेन्ट अफ द इयरबाट बलिउडमा डेब्यु गरेकी आलिया भट्टले पनि आफ्नो वजन घटाएकी छन्। उनले नियमित ब्यायम गर्छन्। त्यसपछि १० मिनेट दौडन्छन्। त्यस्तै सातामा तीन पटक कार्डियो गर्छन्।

1425631655_alia 4 उनलाई कथक र ब्याले डान्स मन पर्छ। सोही कारण यसलाई पनि उनी आफ्नो फिटनेस रुटिनमा राखेकी छन्। यसबाहेक आलियाले किक बक्सिङ, स्विमिङ योग पनि गर्छन्। कम कार्बोहाइड्रेट र धेरै प्रोटिन भएको खाने कुरा खान्छन्।

बिहानको खाजामा स्याण्डविचसँग अमलेट वा अण्डाको सेतो भाग खान्छन्। त्यसको दुई घण्टापछि चिनीबिनाको कालो चिया खान्छन्। दिनको खानामा उनले उसिनेको तरकारी र दहीसँग रोटी खान्छन्। रातिको खानामा उनले रोस्टेड चिकेन, माछा, दाल र भात खान्छन्।