केराबारी/ मोरङको केराबारी ७ आहाले डाँगीमा सोमबार शुरु भएको बिष्णु बुर्जा स्मृति नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक डाँगी फुटबल क्लव बिजयी भएको छ। डाँगीले इटहरीस्थित सतन भेट्रान फुटबल क्लवलाई ३–० ले पराजित गरेको हो।

केराबारी गाउँपालिका वडा नम्बर ६ इटहरी रोड स्थित फडानी खेल मैदानमा भएको उद्घाटन खेलमा पहिलो हाप दुवै टिमले गोल रहित बराबरी खेलेका थिए। दोश्रो हापको दशौँ मिनेटमा आयोजकको तर्फबाट जर्सी नम्बर ११ का सन्तोष लिम्बुले पहिलो गोल गर्दै खाता खोलेका थिए।

IMG_9539
डाँगी फुटबल क्लवका खेलाडी गा.पा अध्यक्ष कार्कीका साथमा

त्यस्तै डाँगी फुटबल क्लवकै जर्सी नम्बर १६का शुरेश राना मगरले दोश्रो गोल गर्दै खेललाई २–० को अग्रता दिलाएका थिए। यसैगरी खेलको अन्तिम समयमा डाँगी फुटबल क्लवको तर्फबाट जर्सी नम्बर २१ का सुमन राईले तेश्रो गोल गर्दै खेललाई जित दिलाएका थिए।

उद्घाटन खेलको म्यान अफ द म्याच सतन भेट्रान फुटबल क्लवका गोलकिपर फिरोज चौधरी घोषित भएका छन्। चौधरीलाई इलाका प्रहरी कार्यालय केराबारीका प्रहरी सहायक निरिक्षक श्यामसुन्दर मण्डलले पुरस्कृत गर्नुभएको थियो।

IMG_9541
सतन भेट्रान फुटबल क्लव इटहरीका खेलाडी गा.पा अध्यक्ष कार्कीका साथमा

एटिएन मिडिया प्रालिद्वारा सञ्चालित पूर्वी खबर अफिसियल मिडिया रहेको बिष्णु बुर्जा स्मृति फुटबल प्रतियोगिताको भोली मंगलबारको खेल खदम फुटबल क्लव डाँगी र बक्लौरी फुटबल क्लव बराहक्षेत्रका बीच ठिक दुईबजे शुरु हुने आयोजक समितिका सुवोध मगरले जानकारी दिनुभयो।

IMG_9641
सतन भेट्रान फुटबल क्लव इटहरीका गोलकिपर चौधरीलाई म्यान अफ द म्याचको पुरस्कार प्रदान गर्दै प्रसनी मण्डल

कार्यक्रममा केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्की प्रमुख अतिथी हुनुहुन्थ्यो। प्रमुख अतिथी कार्कीले कार्यक्रममा फडानी खेल मैदानको स्तरोन्ती गर्दै प्रत्येक वडामा एउटा स्तरीय खेल मैदान बनाउन गाउँपालिका लागिपरेको बताउनुभएको छ। यस्तै अध्यक्ष कार्कीले स्व. बिष्णु बुर्जा मगर सामाजि ब्यक्तित्व भएको स्मरण गर्दै उहाँको सामाजिक योगदानलाई कदर गर्दै परिवारले खेलकुद मार्फत स्मरण गराएको बताउनुभयो।

IMG_9583
प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथी केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्की

कार्यक्रममा बिभिन्न वडाका जनप्रतिनिधी एवं स्थानीय अगुवाहरुको उल्लेख्य उपस्थिती थियो।

(फोटोफिचर)

IMG_9551 IMG_9562 IMG_9566 IMG_9618