एजेन्सी / विश्व सुन्दरी ऐश्वर्या राय बच्चनलाई बलिउडमा सफल र सुन्दर नायिकाको रुपमा लिइन्छ। साथै, उनी अभिनयमा पनि उत्तिकै पोख्त छिन्। ४० वर्ष नाघिसकेकी ऐश्वर्याको सुन्दरता अझै उस्तै आर्कषक छ।

अभिषेक बच्चनसँग विहे गरेपछि फिल्मी दुनियाँबाट केही पर रहेकी ऐश्वर्या समय समयमा सामाजिक सञ्जालमा विभिन्न कारणले चर्चामा आइरहन्छिन्। उनले आफ्नो फिल्मी करियरमा पनि निकै उतारचढाव भोगेकी छिन्। साथै, जीवनका मोडहरुमा थुप्रै गलग फैसला पनि लिएकी थिइन्। प्रेम जीवनमा मात्र होइन उनले करियरको सम्बन्धमा पनि थुप्रै पटक गलत फैसला लिएकी थिइन्।

some-special

सन् १९९६ मा रिलीज भएको चलचित्र ‘राजा हिन्दुस्तानी’ मा लिड भूमिकाको लागि करिश्मा कपूरभन्दा पहिले ऐश्वर्यालाई अफर गरिएको थियो। तर, उनले सो प्रस्तावलाई अस्विकार गरिन्। पछि चलचित्र सुपरहिट भयो।

सन् १९९८ मा सुपरहिट ब्लकबस्टर चलचित्र ‘कुछ कुछ होला है’ को लागि ऐश्वर्यालाई अफर गरिएको थियो। तर, ऐश्वर्याले अस्विकार गरिन्। उनको रोलमा रानीलाई लिइयो। चलचित्र र रानी दुवै सुपरहिट भए। सन् २००१ मा आएको चलचित्र ‘अशोका’ का डाइरेक्टरको पहिलो रोजाइ ऐश्वर्या थिइन्। तर ऐश्वयालाई सो चलचित्रमा काम गर्न मन लागेन। चलचित्रमा लिड रोलमा करिना कपूरलाई लिइयो।

सन् २००३ मा रिलीज भएको चलचित्र ‘मुन्नाभाई एमबीबीएस’ मा लिड रोलको लागि सबैले शाहरुख खान र ऐश्वर्या रायको जोडीलाई मन पराएका थिए। तर दुवैले चलचित्र खेलेनन्। सन् २००६ मा रिलीज भएको चलचित्र ‘करपोरेट’ मा ऐश्वर्याले साइन गर्ने चर्चा चलेको भएपनि विपाशाले रोल निभाइन्।

31_03_2019-aih6161_19089637 हरर चलचित्र ‘भूल भुलैया’ मा निर्देशकको पहिलो राजाई ऐश्वर्या थिइन्। उनले अस्विकार गरेपछि विद्या बालनलाई लिइयो। केहि समयअघि मात्रै रिलीज भएको फिल्म ‘बदलापुर’ को लागि ऐश्वर्यालाई कास्ट गरिएको थियो। तर उनले चलचित्र खेल्न मानिनन्।

ऐश्वर्याले जीवनमा थुप्रै त्यस्ता चलचित्र खेल्न अस्विकार गरिन्। जुन निकै सुपरहिट भए। चलचित्र नखेल्ने गलत फैसलाले उनको करियरमा पनि निकै असर पारेको छ।