एजेन्सी / बलिउड अभिनेत्री एवं क्रिकेटर बिराट कोहलीकी पत्नी अनुष्का शर्मालाई गम्भीर रोग लागेको छ। त्यहि भएर हिजोआज प्रायः अस्पताल परिसर वरिपरी देखिन्छिन्।

घेरैले अनुष्का गर्भवती भएकोले चेकजाँच गराउन अस्पताल पुगेको अड्कल गरेका थिए। वास्तवमा त्यो नभई अनुष्का शर्मा गम्भीर रोगको शिकार भएको भारतीय मिडियाले जनाएका छन्।

anushka_

भारतीय मिडियाका अनुसार अनुष्का अहिले बल्जिङ डिस्क नामक रोगले ग्रसित भएकी छिन्। बल्जिङ डिस्क त्यो रोग हो, जसमा कम्मरको हड्डी दुखेर उठ्न, बस्न, हिँड्न नै निकै गाह्रो हुने गर्दछ।

यो रोग उनको पुरानो भएपनि अहिले यो बल्झिएर च्याप्न थालेपछि अनुष्का आत्तिएर अस्पताल निरन्तर चेकजाँचको लागि गइरहेकी छिन्। उपचारमा लागेकी अनुष्कालाई आफ्नो पीडाको चिन्ता त छनै तर विवाह पछि आफ्नो फिल्मी करियर भन्दा पनि पति बिराट कोहलीको खेललाई बढी ध्यान दिइरहेकी छिन्।