अर्घाखाँची / खर्च अभावमा अप्ठयारोमा परेकी महिलालाई कोठा मिलाईदिने भन्दै बलात्कार गरेको आरोपमा पक्राउ परेका अर्घाखाँचीका प्रेम खड्का थुनामुक्त भएका छन। गत बैशाखमा होटलबाटै पक्राउ परेका सन्धिखर्क १२ का खड्का अदालतले तोकेको धरौटी बुझाएर थुनामुक्त भएका हुन।

बेखर्ची भएर अप्ठयारोमा परेकी बुद्धभुमिकी एक महिलालाई बास बस्न दिन्छु भन्दै बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। खडकाले महिलाको साथमा पैसा नभएको मौका पारेर बस्ने होटल मिलाईदिने भन्दै मदिरा सेवन गराई बलात्कार गरेको बयान महिलाले प्रहरीसामु दिएकी थिईन।

सोही उजुरीका आधारमा पक्राउ परेका खडका थुनामुक्त भएको भन्दै बिहिबार उनका आफन्तले शहरमा जम्मा भएर खुसीयाली मनाएका छन। जिल्ला अदालतमा मुद्दा विचारधीन छ। अनुसन्धानकै क्रममा ७ लाख ६० हजार धरौटी बुझाएर खड्का तारिखमा छुटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। एजेन्सी