नेपालमा एकपछि अर्को रियालिटी सो भईरहँदा पुन अर्को रियालिटी सो हुने भएको छ। ‘ओ मेगा इन्टरटेनमेन्ट’ ले ‘नेपाल्स मेघा सिनेस्टार’ नामक रियालिटी शो गर्ने भएको हो।

राजधानीको मल्ल होटलमा सोमबार भब्य कार्यकम गरेर आयोजकले रियालिटी शो को बारेमा औपचारिक जनाकारी गराउँदै कार्यक्रमको घोषणा गरेको हो। नेपाली मनोरञ्जनको क्षेत्रमा थुप्रै रियालिटी शो भईरहँदा फरक खालको ‘रियालिटी शो’ हुने भन्दै आयोजकले कार्यक्रमको बारे र नियमहरुको बारेमा बताएका थिए।

‘नेपाल्स मेघा सिनेस्टार’ मा भाग लिनेले अभिनय गर्नुपर्ने जनाइएको छ। कार्यक्रममा चर्चित गीतकार तथा निर्देशक यादब खरेलको प्रमुख अतिथी हुनुहुन्थ्यो।