झापा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व युवराज पारस शाहलाई एउटै मञ्चमा राखेर धर्म संस्कृति अभियान शुरु गरेका छन् ।

उनले झापाको काँकडभिट्टास्थित मेची पुलमा उद्घाटन कार्यक्रम गर्दै यो अभियानको थालनी गरेका हुन् । महाकालीसम्म पुग्ने यो अभियानमा ऐक्यवद्धता जनाउन आम राष्ट्रप्रेमी नागरिकलाई अपील गरिएको छ । 

उक्त अभियानको उद्घाटन पूर्वराजा शाहले गरेका थिए । प्रसाईको महाअभियान उद्घाटनका क्रममा पूर्वराजा शाह, छोरा पूर्व युवराज पारस र छोरी प्रेरणा सहभागी थिए ।

 तर यस अभियानका क्रममा पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी भने देखिएनन् ।प्रसाईले यो अभियानका क्रममा संघीयता खारेजी, वैदिक सनातन राज्य घोषणा र व्यावसायिक वातावरणको माग गरेका छन् । प्रसाईंले यो महाभियान मेची पुलबाट महाकाली हुँदै काठमाडौंमा पु¥याएर टुंग्याउने तयारी छ ।